जन्म दिनमा मानिसहरु केक काट्ने पाटी गर्ने गर्छन तर वाणगंगा नगरपािलका वडा नम्बर ८ मोर्मिका समाजसेवि टिआर पाण्डेले (तिलक) आफनो २६ औं जन्म दिनको अवरमा न्यानो कपडा वितरण गरेका छन् । अत्यधिक चिसो बढेपछि त्यसबाट बच्न र बचाउन विपन्न वाणगंगा र मधुवानका करिव ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका अत्यान्तै गरिव जो कमाउन जान नसक्ने गरिव परिवारलाई चिसो मौसममा थोरै भएपनि राहत मिल्ने अपेक्षा सहित न्यानो कपडा सिरक डसिना सहयोग गरेको उनको भनाइ छ । उक्त कार्यक्रममा समाज सेवि चन्द्रकान्त पोख्रोल सिके,विसाल आचार्य, दामुदर न्यौपाने आयोग क्षेत्री लगायत पत्रकार उपस्थिति रहेको थियो ।