हरेक मानिसका आ आफ्नै संघर्षका कथा हुन्छन्् । संघर्षका कथा बाहिर ल्याउनुको उद्देश्य भनेको त्यो कथाको भगाइ र जिवन जगतसँगका अनेकन यात्राबाट पाठकले केही ज्ञान आर्जन गरोस् भन्ने हो । मलाइ लाग्दैन की म त्यो स्थानमा पुगीसकेको छु जस्को उचाइ हिमालको चुचुरो भन्दा अग्लो हास् र केहि सिमित मान्छेले मात्रै त्यसको अनुभव गर्न सकोस । जिवनमा भोगाइ र अनुभवको अनवरत यात्रा जारी छ तर आज म सुनाउँछु मैले आहिले सम्म अनुभव गर्न पाएका केही सफलताका केहि असफलता पोछिको संंघर्षका कथा ।
मेरो जन्म अर्घाखाँचीको एउटा विकट गाउँमा भएको हो जहाँ अशिक्षा र गरिविले नराम्रो सँग जरा गाडेको थियो । यहाँ सम्म कि पूरै एउटा गा.वि.स को लागि एउटा मात्रै मा वि विद्यालय थियो जाँहा पुग्न मेरो घरबाट करिब डेड घण्टाको लामो यात्रा गर्नु पथ्र्यो । गाउँ जति नै प्रकृतिक सौन्दर्यले भरिर्पुण थियो त्यति नै जिवन यापनमा कठिन । केबल कृषिले धानेको मेरो गाउँको अर्थ तन्त्रमा मेरो घर अछुतो रहन सकेन । म त्यति पुरानो नभए पनि अहिलेका मेरै उमेरका साथिहरुलाइ सुनाउँदा पत्त्याउन गाह्रो मान्छन् । हरेक दिन विहान उठ्ने वित्तीकै घाँस काटे पछि मात्रै स्कुल जाने समय हन्थ्यो । यसै गरि प्राकृतिको काखमा रमाउँदै केहि संघर्ष केहि अभावका बिच मेरो ए एल सी सम्मको पढाइ पुरा भयो ।
घरको सिमित आर्थिक परिधि बिच रहेर मेरो सपना पुरा गर्ने काम मेरो लागि निकै संघर्ष पुर्ण थियो । गाउँ नै रित्तो बनाएको बैदेशीक रोजगार मेरो बाटो कुरेर बसेको थिया तर म अभाब कै बिच भएपि संघर्ष गरिरहने निष्कर्ष सहित म सहर पस्ने निर्णय गरेँ र मेरो यात्रा कपिलवस्तु तर्फ मोडियो । आफुलाइ सानैबाट सेतो कोट र त्यो सँग सम्बन्धित पेसा प्रति रहेको अकर्षणलाइ जिवनमा उत्रार्ने अठोट सहित मैले सि एम ए पढ्ने निर्णय गरेँ । थोरै आर्थिक र छोटो समयमै चिकित्सा पेसामा अबद्द गराउन यो १८ महिने कोर्ष जिवनमा वर्दान सावित भयो । मधेसको चर्कों घाम र मुटु कमाउने सित लहरसँग जुध्दै मेरो सि एम ए पास भयो । जिवनमा यति खुशि सायदै कहिलै लागेको थियो होला । तर मैले सोँचको त्यति सहजै पुरा भएन, विविध संघर्षका बिच र्कोस पास गरे पनि मेरो अगाडि बेरोजगारी अर्को एउटा ठुलो समस्या बनेर अगाडि आयो । कतै समय नमिल्नै कतै अनुकुल वातावरण नमिल्ने यहि बिचमा दुइ वर्ष बित्यो त्यहि समयमा मैले बुटवलको कालिका क्याम्पस भर्ना भए र १२ कक्षा पुरा गरेँ । त्यसको केहि समय पछि सितगंगा नगरपालिकाले अ.हे.व को लागि आवेदको खबर सुने र परिक्षको तयारी तर्फ लागेँ र अन्त्यत सफल भए ।
म हालमा प्रथामीक स्वास्थ्य केन्द्र ठाडामा अ.हे.व को रुपमा कार्यरत छु । जिवनमा अझै तय गर्नु पर्ने यात्रा कयौँ छन् । थाहा छैन सफलता मिल्छ या मिल्दैन तर मेरो संघर्ष अनवरत छ । हिमालका कोचबाट लगातार बगिरहने खोला जस्तै गरि सिक्ने भोग्ने र अनभव बटुल्ने यात्रा जारी छ ।