के तपाईंलाई थाहा छ नेपालको संविधान २०७२ को भाग २ मा र नेपाल नागरिकता ऐन २०६३ मा नेपाली नागरिकता सम्बन्धी के कस्ता कानूनी व्यवस्था गरिएको छ?
नेपालकाे संविधान २०७२ को भाग २ को धारा १० को उपधारा १ बमोजिम कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन्।
धारा १० को उपधारा २ बमोजिम नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ।
वंशजको अधारमा नागरिकता कस्ता नागरिकले पाउँछ?
नेपालको संविधान (२०७२) को भाग २ को धारा ११ को उपधारा २ को खण्ड (ख) बमोजिम कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भनें त्यस्तो व्यक्तिले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरिएको छ।
धारा ११ को उपधारा ३ बमोजिम यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालकाे नागरिक रहेछ भने निज बालिग भएपछि बंशजको अधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ।
धारा ११ को उपधारा ४ बमोजिम नेपाल भित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक थाहर्नेछ।
धारा ११ को उपधारा (५) बमोजिम नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बशोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलार्इ वंशजको आधारमा नेपालको नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ। तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरीकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ।
अंगीकृत नागरिकता कस्ता नागरिकले पाउँछ?
धारा ११ को उपधारा ६ मा नेपाली नागरिक संग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ।
धारा ११ को उपधारा ७ वमोजिम विदेशी नागरिक संग विवाह गरेकी नेपाली महिला नागरिक बाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेछन भनें निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ।
नेपाल नागरिकता ऐन २०६३ को दफा ५ को उपदफा ४ बमोजिम नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको,नेपालमा कुनै व्यवशाय गरी बसेको , कम्प्तीमा १५ बर्ष सम्म नेपालमा बसोबास गरेको, नेपाली नागरिकलाई अंगीकृत नागरिकता दिने कानुनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको , स्वस्थ भएको व्यक्तिले अंगीकृत नेपाली नागरिकता पाउन सक्ने व्यवस्था गरिएको छ।