कर्णालीले अब डाक्टर उत्पादन गर्ने

कर्णालीले अब डाक्टर उत्पादन गर्ने

तस्बिर :- यो तस्बिर करिब १ वर्ष अगाडि डाक्टर गोविन्द केसी समर्थनमा कपिलवस्तुमा रिले अनशनको समयमा लिइएको हो, तस्बिरमा मसँगै श्री गौरव पौडेल सरोज घिमिरे हुनुहुन्छ ! अन्ततोत्व कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान कासले सेता एप्राेन लगाएका डाक्टरहरु उत्पादन गर्ने उदेश्यले पहिलाे ब्याच MBBS काे orientation सुरु गरेकाे छ । कास मा MBBS, B-Pharm, BPH, BN काे पनि क्लास सुरु भएकाे छ । अब जुम्लाको सेताे हिउँमा सेता एप्राेन टल्किने भएका छन् । जुम्लामा पनि एमबिबिएस ( डाक्टरी ) पढाइ हुनुपर्छ भनेर डाक्टर गोबिन्द केसी भोको बस्दा सत्तामा बस्ने मान्छेहरु गोबिन्दे बहुलायो भन्थे ।बहुला डा केसी लाई स्याबासी दिन मन लाग्यो । स्याबास पागल मनुवा ! तिमीले भोक खपेका थियौ र शासकहरु त्यो भोकसँग झुकेका थिए /गलेका थिए । डा केसी जुम्लामा आफ्नो जीवनको १९ औं आमरण अनशन २८ दिन बसेका थिए । यो जीत सारा कर्णाली वासीको हो, सिङ्गो देशको हो अनि हार लुटतन्त्रका मतियारको हो । संपूर्ण अभियान्ता हरुमा नमन डा गोविन्द केसी लाई अझ धेरै नमन ☘️❣️ 🖊️Rabindra Upadhayaya